सप्तरीबाट करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ « Khabarhub

सप्तरीबाट करिब १७ सय १७ किलो गाँजासहित एक जना पक्राउ


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १७ सय १७ किलोग्राम सहित धनकुटा शहिदभुमी गाउँपालिका-३ बस्ने ३३ वर्षीय यमजित राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पत्थरगाढाबाट झुटकीतर्फ जाँदै गरेको को.१ ख ६५०३ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा टिपरमा लुकाई छिपाई राखिएको ५६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक यमजितलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  २ : ५३ बजे

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका

अफगानिस्तानद्वारा शरणार्थी सहायता संस्थाहरूसँगको सम्झौतामा हस्ताक्षर

काबुल- अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अधिकारीहरुले शरणार्थी र

देउवासँग मंसिर १९ को भेटबारे ओली : परिणामहरू बिस्तारै आउने छन्

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १९ गते

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं- मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज निधन

ईश्वर पोखरेललाई ओलीले भने- करकाप र पूर्वसर्त राख्नेहरूसँग सहमति हुँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ