सहकारी ठगी प्रकरण : रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी « Khabarhub

सहकारी ठगी प्रकरण : रवि र छविसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संकट झन् झन् बढ्दैछ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा पनि बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले जाहेरी दिएका हुन्।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।

प्रहरीका अनुसार बुधबार सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् । चितवनका प्रहरी प्रमुख एवम् एसपी गौतम मिश्रले जाहेरी आएको पुष्टि गर्दै यसबारे अध्ययन भइरहेको जानकारी सञ्चारकर्मीलाई दिएका छन् ।

रविको निर्वाचन क्षेत्रमा पनि कार्यक्षेत्र रहेको सहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रूपैयाँ अवैध बाटोबाट लगानीका रुपमा भित्र्याएको संसदीय छानबिन समितिले पनि पत्ता लगाइसकेको छ ।

रविकै साझेदार गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको सहारा सहकारी संस्थाको बच ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशी पनि तानिएका छन् ।

सहारा सहकारीका बचतकर्ताले यसअघि नै चितवन प्रहरीमा जाहेरी दिइसकेका थिए । तर पीडितहरूले रविसहित १० जनाविरुद्ध पूरक जाहेरी बुधबार दिएका हुन् ।

लामिछाने र जोशी पोखरास्थित सूर्यदर्शन सहकारी संस्था, बुटवलस्थित सुप्रिम सहकारी, पर्सास्थित सानोपाइला, चितवनको सहारा र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना र ठगी प्रकरणको अनुसन्धानमा तानिएका हुन् ।

रवि र छविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ०४ बजे

जाँचबुझ आयोगको म्याद एक महिना थपियो

काठमाडौं– सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको

नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)को केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया

चीन नेपालको असल सहयोगी, ‘एक चीन नीति’मा प्रतिबद्ध छौँ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीच

निजी क्षेत्रले प्राधिकरणसँग राख्यो विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव  

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत्

एमाले केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै महिला निर्वाचित

काठमाडौं– एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा खुला प्रतिस्पर्धाबाट २ जना मात्रै