युगाण्डाका विपक्षी नेता बेसिग्येलाई अदालतमा उपस्थित गराइयो « Khabarhub

युगाण्डाका विपक्षी नेता बेसिग्येलाई अदालतमा उपस्थित गराइयो


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युगान्डाका प्रमुख विपक्षी नेता किज्जा बेसिग्येलाई बुधबार कम्पालास्थित सैनिक अदालतमा उपस्थित गराइएको छ ।

 उनका वकिल इरियास लुक्वागोले एएफपीलाई बताएअनुसार ६८ वर्षीय बेसिग्येलाई हत्कडी लगाएर जनरल कोर्ट मार्सलमा ल्याइएको थियो ।

उनले भने, ‘बेसिग्येले जनरल कोर्ट मार्सलसमक्ष आफ्नो मुद्दाको विरोध गर्नुभएको र अदालतका अध्यक्षलाई आफू एक नागरिक भएको र सैन्य अदालतमा मुद्दा चलाउन नहुने बताउनुभएको छ।’

बेसिग्येले आफूलाई पक्राउ गरेपछि आफन्तसँग सम्पर्कविहीन भएकाले आफूसँग कानुनी प्रतिनिधि नभएको बताएपछि सुनुवाइ केही समयका लागि स्थगन गरिएको वकिल लुक्वागोले बताए । 

‘वकिलका रूपमा हामी उनको अधिकारको रक्षाका लागि अघि बढेका थियौँ तर, उनले हामीलाई यस विशेष मुद्दाको लागि जानकारी गराउनुभएको छैन । हामीलाई उनले अहिले सामना गरिरहेका आरोपबारे थाहा छैन ।’

बिसिग्येकी पत्नी तथा एचआईभी र एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम युएन एड्सकी प्रमुख विनी ब्यानिमाले केन्याली विपक्षी राजनीतिज्ञ मार्था कारुआको पुस्तक विमोचनका लागि नैरोबी पुगेका बेला शनिबार आफ्ना पतिको अपहरण गरिएको बताएका छन्। 

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : २३ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता