दुगड ग्रुपले ल्यायो मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडर « Khabarhub

दुगड ग्रुपले ल्यायो मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडर


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बाटो र माटोलाई सुहाउदो विभिन्न मोडलका निर्माण उपकरणहरु विक्री गर्दै आएको एम भी दुगड ग्रुपले जी–९० मोडलको ९१ एचपी को यो नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरको बिक्री वितरण गर्न शुरु गरेको छ ।

यसको विक्री पहिलोपटक नेपालमा शुरु भएको ग्रुपले जानकारी दिएको छ ।

देशमा बनिरहेका सडकहरुमा लगभग ८६ प्रतिशत सडक एक लेन र दुई लेनमा बनिरको अवस्थामा बिकल्पको अभावले बाध्यताबस १२ फिटका ब्लेड रहेको ग्रेडर चलाउनु परिरहेको अवस्था नयाँ मोटर ग्रेडर रिपर एटेचमेन्ट र लोडरले पूर्ति गर्ने विश्वास ग्रुपको छ ।

सुरुवाती लगानी बडी खर्चनु पर्ने तथा संचालन खर्च पनिबडीनै चुकाउनुपर्ने अबस्थामा थोरै लगानी र कम संचालन खर्च रहने जी –९० मोटर ग्रेडर समय सापेक्ष सरल र सस्तो रहेको एम भी दुगड ग्रुपले जनाएको छ ।

तराईका फाट ,खोला नाला तथा पहाडका अप्ठ्यारा उकाली ओराली तथा घुमौरा सडकहरुमा पनि सजिलोसंग प्रयोग गर्न सकीने यस मोटर ग्रेडरमा अत्याधुनिक प्रबिधी उच्च फिनीसीङ्ग क्षमताको साथमा साना,मझौला तथा फराकिला बाटोमा समयसापेक्ष प्रयोग गर्न सकिन्छ ।

कम लागत उच्चतम प्रयोग, सस्तो संचालन खर्च,सरल तथा अत्याधुनिक प्रबिधी, उच्चतम माईलेज तथा बेजोड कार्य क्षमता यसका बिषेशता रहेको कम्पनीको दाबी रहेको छ ।

उचित मूल्यमा उपयोगीे गे्रडरको अभाव खड्कीरहेको अवस्थामा यो ग्रेडरले शहरी तथा ग्रामीण बाटोहरुलाई आधुनीक यान्त्रिकीकरणबाट सिघ्र तथा कम लागतमा आधुनीक मापदण्डको स्तरमा निर्माण गरी नेपाल जस्तो विकाशोन्मुख देशको निर्माणजगतमा क्रान्ति ल्याउने कुरामा विश्वस्त रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ३९ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये