ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल प्रहरी नियन्त्रणमा « Khabarhub

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल प्रहरी नियन्त्रणमा


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झन्डा देखाउने तयारी गरेकाले प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नेपाललाई पक्राउ गरिएको नभई ‘होल्ड’ मात्रै गरिएको हो ।

नेपालले पनि खबरहबसँग कुरा गर्दै आफूलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालका दुई छिमेकीसँग समान सम्बन्ध कायम राख्न माग गरेको थियो ।

अध्यक्ष नेपालले भारतका सेनाध्यक्षलाई मात्रै नभएर चिनियाँ सेनाध्यक्षलाई पनि मानार्थ महारथीको दर्ज्यानी दिनुपर्ने माग बुधबार राखेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ४ : १२ बजे

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका