बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन « Khabarhub

बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६  वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले बिहीबार जनाएको छ । प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धी सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा  बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए ।  

अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जलवायु संकट समाधान गर्ने उनको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताए ।

बेलायती लेबर पार्टी बाट  प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियन्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताए । 

चार दशकसम्म उत्तरी इङ्ग्ल्यान्डको संसद् सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको  शान्तिपूर्वक मृत्यु भएको उहाँकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारे । 

प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाइसिल भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ४ : १६ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको