सुरु भयो एमाले जागरण सभाको र्‍याली  « Khabarhub

सुरु भयो एमाले जागरण सभाको र्‍याली 


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ ।

 भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छन्। 

एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् । 

जागरणसभाको संयोजकको जिम्मेवारी पाउनु भएका एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर जानु परेकाले जिम्मेवारी ढुङ्गेलले सम्हालेका हुन् ।  

 

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : २४ बजे

विपदबाट चार दिनमा १५ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपदबाट चार दिनमा १५

गीतकार संघद्वारा विभिन्न स्रष्टा सम्मानित

काठमाडौं– गीतकार संघ नेपालले विभिन्न सस्ट्राहरुलाइ सम्मान गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र गतिमा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने कार्य तीव्र

नारायणी पुलमा आवतजावत पूर्ण रुपमा बन्द (तस्बिरहरू)

काठमाडौं– बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पुर्ण