आर्थिक अवस्था सुधारका उपाय खोज्न विज्ञहरूसँग कांग्रेसको संवाद « Khabarhub

आर्थिक अवस्था सुधारका उपाय खोज्न विज्ञहरूसँग कांग्रेसको संवाद


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले देशको आर्थिक अवस्था र सुधारका उपायबारे विज्ञ समूहसँग छलफल गरेको छ । कांग्रेस संसदीय दलले शुक्रबार नयाँबानेश्वर स्थित संघीय संसद् भवनमा ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ विज्ञहरूसँग छलफल गरेको हो ।

छलफलमा पूर्वअर्थमन्त्रीहरू, पूर्व अर्थराज्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरसँगै निजी क्षेत्रतर्फ उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ र अर्थ विज्ञहरू सहभागी थिए ।

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’को छलफलमा राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा उपस्थिति थिए ।

छलफलमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकहरू तथा सचेतक, कांग्रेस केन्द्रीय सदस्य एवं उद्योगी विनोद चौधरीलगायतको पनि उपस्थिति रहेको दलको कार्यालयले जनाएको छ ।

छलफलमा प्राप्त सुझावहरूलाई संसदीय दलको आगामी बैठकबाट पारित गरेर कार्यान्वयनका लागि सरकारलाई सुझावसहित अनुरोध गरिने प्रमुख सचेतक श्यामकुमार घिमिरे जानकारी दिए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ४७ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर