लिथुआनियामा विमान दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

लिथुआनियामा विमान दुर्घटना, एक जनाको मृत्यु


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

विमान भिल्नियस विमानस्थलमा अवतरण गने क्रममा केही किलोमिटर टाढा दुर्घटना ग्रस्त भएको जनाउदै अग्निनियन्त्रक तथा आपतकालीन सेवा इकाईका प्रमुख रेनाटास पोजेलाले  चालक दलका एक जनाको मृत्यु भएको बताए ।  

उनका अनुसार दुर्घटनाको क्रममा एउटा घरमा आगलागीसमेत भएको थियो । राष्ट्रिय संकट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताए ।

डीएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गरेका छन् ।  

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : १० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका