उपनिर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना « Khabarhub

उपनिर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आसन्न उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले आजदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ । 

आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा सञ्चालित केन्द्रबाट आयोगका निर्णयको कार्यान्वयन अवस्था, आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षबारे नियमित रूपमा जानकारी लिई तत्कालै समस्या समाधान गरिने जनाइएको छ । निर्वाचन परिणाम घोषणा नभएसम्म केन्द्र सञ्चालनमा आउने आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन्। 

आयोगका सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी तथा आयोगका उपसचिवद्वय दुर्गाप्रसाद चालिसे र डा थानेश्वर भुसाल केन्द्रको सदस्य रहेका छन् । 

यही मङ्सिर १६ गते आइतबार स्थानीय तहका रिक्त ४४ पदमा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : ५९ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट