भारतीय प्रधानमन्त्री मोदीले गरे गुएनाको भ्रमण « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे गुएनाको भ्रमण


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण अमेरिकी मुलुक गुएनाको भ्रमण गरेका छन् । गुएना भ्रमणमा गएका प्रधानमन्त्री मोदीलाई त्यहाँका राष्ट्रपति मोहम्मद इरफान अली र दर्जनौँ मन्त्रीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

उनलाई राजधानी जर्जटाउनमा ‘गार्ड अफ अनर’ समेत प्रदान गरियो । गुएनामा उनलाई त्यहाँको सबैभन्दा ठूलो नागरिक सम्मान पनि प्रदान गरिएको छ ।

गुएनाका ४० प्रतिशतभन्दा धेरै जनसङ्ख्या भारतीय मूलका रहेका छन् । अफ्रिकी मुलुक नाइजेरिया र अर्को दक्षिण अमेरिकी मुलुक ब्राजिलको भ्रमण सकेर प्रधानमन्त्री मोदी गुएना पुगेका हुन् ।

कुनै पनि भारतीय प्रधानमन्त्रीले गुएनाको भ्रमण गरेको ५६ वर्षमा यो पहिलो अवसर हो । यसअघि सन् १९६८ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले गुएनाको भ्रमण गरेकी थिइन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ५१ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १