रविलाई रिहा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) « Khabarhub

रविलाई रिहा माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्नुपर्ने माग राख्दै रास्वपा सुभेक्छुकले माइतीघरमा प्रदर्शन गरिरहेका छन् । उनको टेलिभिजन नारीका प्रस्तोताहरू र अन्य केही  शुभेच्छुकले माइतीघरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा ‘रविदाईलाई न्याय दे’ ‘रविदाईलाई रिहा गर’ ‘राजनीतिक प्रतिशोध बन्द गर’ लगायतका नाराहरू भएका प्लेकार्ड बोकेका छन् । उनको प्रदर्शनमा रास्वपाका अन्य नेता कार्यकर्ताको उपस्थिति छैन । 

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइनेछ। कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकारी  बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ।

यसअगाडि उनलाई रूपन्देही पनि अनुसन्धानका लागि लगिएको थियो । बिहानको टिकट रद्ध गरेर आज बेलुका रविलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १२ : ५२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते