स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाइनेछ : स्वास्थ्यमन्त्री


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्था र प्रभावकारी बनाइने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कांग्रेसका नेता एवं साविक शक्तिखोर गाउँ विकास समितिका संस्थापक अध्यक्ष स्वर्गीय बलबहादुर श्रेष्ठको १२ औं स्मृति सभामा बोल्दै मन्त्री पौडेलले अझै पनि स्वास्थ्य बीमा कार्यक्रम पूर्ण हुन नसकेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताए । 

कडा रोग लागेका बिरामीहरूलाई १ लाखको बीमाले कुनै सुविधाको अनुभूति नहुने भएकाले पाँच लाख पुराउने गरि कार्यक्रम ल्याएको उनले बताए । मन्त्री पौडेलले तलब खाने नेपाली नागरिकले आफ्नो तलबबाट दुई प्रतिशत बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको जानकारी दिए।

राज्यले दिने करबाट शून्य दशमलव ५ प्रतिशत रकम बीमा कोषमा जाने व्यवस्थाको समेत प्रस्ताव गरेको समेत उनले बताए । उनले स्वास्थ्य बीमामा देखिएका झुटा दावीलाई गैरकानूनी बनाउने र झुटा दावी गराउने अस्पताललाई खारेजी गर्ने गरि कानूनी व्यवस्थाको तयारी भएको धारणा राखे ।

त्यस्तै उनले बलबहादुर श्रेष्ठ जस्ता अग्रजहरूको योगदानबाट प्राप्त लोकतन्त्रको संस्थागत विकास गराउने दायित्व युवाहरूमा आएको पनि बताए ।

 

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ३ : ०४ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना