सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई « Khabarhub

सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साइबर अपराधको कसुरमा पक्राउ परेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं तत्काल थुनामुक्त नहुने भएका छन् । उनलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी चढेर सुनुवाइपछि सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

उक्त रिट खारेजीमा परेसँगै प्रसाईंको थुनामुक्त हुने बाटो बन्द भएको छ । रिट खारेज गरे पनि सर्वोच्चले प्रसाईंको स्वास्थ्य उपचार गर्न सरकारलाई निदेशनात्मक आदेश दिएकोछ ।

छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट हालेका थिए ।

यसअघि आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिइसकेको छ।

काठमाडौं अदालतले पनि प्रसाईं क्यान्सरका बिरामी भएकाले पचारको प्रबन्ध मिलाउन भनेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईंलाई गत मंसिर ४ गते क्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा ३२ अर्ब रुपैयाँ लगानी गरेको गम्भीर आरोपसहित भिडियो बनाएर ‘फेक विवरण’ सार्वजनिक गरेपछि समातिएको हो ।

प्रसाईविरुद्ध यस पहिले पनि साइबर अपराधको मुद्दा चलिसकेको छ । त्यसबेला उनी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : १६ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,