सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई « Khabarhub

सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साइबर अपराधको कसुरमा पक्राउ परेका भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईं तत्काल थुनामुक्त नहुने भएका छन् । उनलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी चढेर सुनुवाइपछि सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

उक्त रिट खारेजीमा परेसँगै प्रसाईंको थुनामुक्त हुने बाटो बन्द भएको छ । रिट खारेज गरे पनि सर्वोच्चले प्रसाईंको स्वास्थ्य उपचार गर्न सरकारलाई निदेशनात्मक आदेश दिएकोछ ।

छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट हालेका थिए ।

यसअघि आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिइसकेको छ।

काठमाडौं अदालतले पनि प्रसाईं क्यान्सरका बिरामी भएकाले पचारको प्रबन्ध मिलाउन भनेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रसाईंलाई गत मंसिर ४ गते क्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा ३२ अर्ब रुपैयाँ लगानी गरेको गम्भीर आरोपसहित भिडियो बनाएर ‘फेक विवरण’ सार्वजनिक गरेपछि समातिएको हो ।

प्रसाईविरुद्ध यस पहिले पनि साइबर अपराधको मुद्दा चलिसकेको छ । त्यसबेला उनी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ५ : १६ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने