‘रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण’ « Khabarhub

‘रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमण’


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको ऊर्जा केन्द्रहरूमा रूसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताएका छन्  । 

बिहीबार रूसी सेनाले लडाकु विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा व्यापक समस्या आएको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन्। 

विशेषज्ञहरूका अनुसार किएभ र मस्को दुवैले लगभग तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूद्को  प्रयोग गरेका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, ‘धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ भने उनीहरूको हतियारसहितको आक्रमणलाई रेकर्ड गरिएको छ ।’ 

भिडियोमा उनीहरूले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएका छन् । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उक्त ब्यारेजले १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युद्ध सुरु गरेयता युक्रेनमा विस्फोटक युद्धसामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको वा घाइते भएको ‘क्लस्टर म्युनिशन कोलिशन (सीएमसी)’ ले सेप्टेम्बरमा आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

सन्धिको पक्षराष्ट्र नभएको अर्थात् सन्धिको पक्षमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले जुलाई २०२३ मा किएभलाई ‘क्लस्टर युद्धसामग्री’ हस्तान्तरण गर्न सहमत भएको थियो । यो कदमको रूस र अमरिकाका सहयोगीहरूले समेत आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ५९ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा