दरबारमार्गस्थित क्लब डेजाभूका ३ जना सञ्चालक पक्राउ « Khabarhub

दरबारमार्गस्थित क्लब डेजाभूका ३ जना सञ्चालक पक्राउ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्लब डेजाभूका तीन जना सञ्चालकलाई ठगीको आरोपमा पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेजाभू लाउन्ज प्रालिका अध्यक्ष प्रवेश श्रेष्ठ, सञ्चालकहरु प्रतीक श्रेष्ठ र समिप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

डेजाभू लाउन्ज कम्पनीका सञ्चालकहरुलाई बिहीबार साँझ पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी होमिन्द्र वोगटीले पुष्टी गरे । प्रहरीका अनुसार, डेढ करोड ठगीको उजुरी प्रहरीमा परेपछि अनुसन्धानका लागि सञ्चालकहरु नियन्त्रणमा लिइएको हो ।

डेजाभू लाउन्ज प्रालिले एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै विश्वराम श्रेष्ठले जाहेरी दिएका थिए । प्रहरीले यसअघि नै अर्का सञ्चालक मनोज श्रेष्ठबिरुद्ध बैंकिङ कसुरमा कारवाही अघि बढाएको थियो । अहिले प्रहरीले मनोजबिरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस समेत जारी गरेर खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ४४ बजे

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको