दरबारमार्गस्थित क्लब डेजाभूका ३ जना सञ्चालक पक्राउ « Khabarhub

दरबारमार्गस्थित क्लब डेजाभूका ३ जना सञ्चालक पक्राउ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्लब डेजाभूका तीन जना सञ्चालकलाई ठगीको आरोपमा पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेजाभू लाउन्ज प्रालिका अध्यक्ष प्रवेश श्रेष्ठ, सञ्चालकहरु प्रतीक श्रेष्ठ र समिप शिलाकारलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

डेजाभू लाउन्ज कम्पनीका सञ्चालकहरुलाई बिहीबार साँझ पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी होमिन्द्र वोगटीले पुष्टी गरे । प्रहरीका अनुसार, डेढ करोड ठगीको उजुरी प्रहरीमा परेपछि अनुसन्धानका लागि सञ्चालकहरु नियन्त्रणमा लिइएको हो ।

डेजाभू लाउन्ज प्रालिले एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै विश्वराम श्रेष्ठले जाहेरी दिएका थिए । प्रहरीले यसअघि नै अर्का सञ्चालक मनोज श्रेष्ठबिरुद्ध बैंकिङ कसुरमा कारवाही अघि बढाएको थियो । अहिले प्रहरीले मनोजबिरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस समेत जारी गरेर खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना