काठमाडौं- शनिबारदेखि सुरु हुने पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक मस्कट कीर्तिपुर क्रिकेट स्टेडियममा शुक्रबार सार्वजनिक गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रममार्फत् एनपीएलको आधिकारिक मस्कट सार्वजनिक गरेको हो ।
एनपीएलको मस्कट ‘जीत हिउँ चितुवा’ राखिएको छ । एनपीएलमा विभिन्न प्रदेशसहितबाट ८ फेन्चाइजी टोली भिड्दैछन् ।
शनिबार उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने क्यानले जनाएको छ ।
प्रतियोगिताअघि शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले एनपीएलको सबै तयारी पूरा भएको बताए ।
नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुराउने क्यानको प्रयासमा सबैले सहयोग गरेको पनि उनले बताए ।
एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
टीमका मार्की खेलाडीहले एनपीएलप्रति निकै उत्साहित भएको बताएका छन् । त्यस्तै उनीहरूले टीमको प्रशिक्षण राम्रो भएको तथा टीम सेट भएको पनि बताए ।
एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ । भीआईपी
सिटलाई पनि बढाइएको छ ।
प्रतिक्रिया