आजका समाचार : चीन भ्रमणको तीव्र तयारीमा प्रधानमन्त्री, उपनिर्वाचनको तयारी पूरा र एनपीएल सुरू | Khabarhub Khabarhub

आजका समाचार : चीन भ्रमणको तीव्र तयारीमा प्रधानमन्त्री, उपनिर्वाचनको तयारी पूरा र एनपीएल सुरू


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ ।

प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीनबीच सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।


भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको छ ।

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई चीन भ्रमणबारे जानकारी

बीआरआई सबैको सहमतिमै अघि बढ्छ : परराष्ट्रमन्त्री राणा

बीआरआईमा कांग्रेस-एमालेबीच फरक मत छैन : उपप्रधानमन्त्री सिंह

‘मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण प्राथमिकतामा’

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले लाभ लिनुपर्छ : उपसभापति वाग्ले

उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।

उपनिर्वाचन : ग्रामथानमा सम्पूर्ण तयारी पूरा

‘नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ’

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

कांग्रेस-एमाले र हाम्रो बाटो फरक भयो : उपमहासचिव पुन

पशुपतिनाथ क्षेत्रमा शतबीज छर्नेहरूको घुइँचो (तस्बिरहरू)

बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति

एनपीएल : जनकपुर बोल्ट्सको विजयी सुरुवात
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो ।


टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको छ । सुरुवातमै ओपनर ब्याट्सम्यान गुमाएको जनकपुर बोल्ट्सको पारीलाई लाहिरु मिलन्था र हर्ष ठाकरले लयमा फर्काएका थिए ।

जनकपुर बोल्ट्सका ओपनर ब्याट्सम्यान आसिप शेख पहिलो ओभरको चौथो बलमा बोल्ड भएका थिए । उनलाई विराटनगर किङ्सका क्रिस सोल बिना कुनै रनमा पभेलियन फर्काउन सफल भएका थिए ।

त्रिवि क्रिकेट मैदानको भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते

एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य

एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता

एनपीएलको रौनक (तस्बिरहरू)

ढोकामा समेत यात्रु झुण्ड्याएको बस अर्को गाडीमा ठोक्किँदा हताहती 

तारकेश्वरको काभ्रेस्थलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।

ढोकामा समेत यात्रु झुण्ड्याएर तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ छुटेको बा ४ ख ७१११ को बस तारकेश्वर ८ लामबगरमा रोकिराखेको बा ३ क १६६६ नम्बरको गाडीमा बिहान करिब ७ बजेतिर ठोक्किएको थियो ।


बस ठोक्किएपछि ढोकामै झुण्डिन लगाएर यात्रा गर्न बाध्य पारिएका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते एक जनालाई हस्पिटल लगिएको छ।

तस्बिरहरू

१ किलो सुनसहित त्रिभुवन विभानस्थलबाट एक जना पक्राउ

जुम्लामा पहिलो चौमासिकमा १२ प्रतिशत मात्र विकास खर्च

चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक, १ करोडबढी राजस्व संकलन

सिरियाको दोस्रो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव
सिरियाको विद्रोही सेनाले देशको ठुलो सहर एलेपो कब्जामा लिएको छ। बेलायतको निरीक्षण गर्ने निकाय सिरियन अब्जरभिटी फर ह्युमन राइट (एसओएचआर)ले देशको आधा भन्दा बढी क्षेत्र विद्रोहको कब्जामा गएको जनाइएको छ। विद्रोही सेनाको यो नै अहिलेसम्मको सबै भन्दा ठुलो सफलता भएको जनाइएको छ।

इस्लामिक सैन्य समूह हायात ताहिर अल सामले पोस्ट गरेको भिडियो अनुसार विद्रोही सेना गाडीमा प्रवेश गरेको भिडियो सार्वजनिक गरेको छ। सरकारले भने एलेपो र इदिबिबमा विद्रोही सेनाले कब्जामा लिएको स्थान फेरि फिर्ता लिइएको दाबी गरेको छ। सन् २०११ मा प्रजातन्त्रका लागि भएको आन्दोलन पश्चात् सुरु भएको गृहयुद्धमा पाँच लाख भन्दा बढीको ज्यान गइसकेको छ।

केलोग दूत चयन भएपछि तयार हुँदैछ रुस-युक्रेन युद्धविरामको खाका

भारतमा आँधीका कारण विद्यालय बन्द

गाजा युद्धविराम वार्ताका लागि हमास प्रतिनिधिमण्डल छलफलमा

मलेसियामा बाढी, एक लाखभन्दा बढी मानिस विस्थापित

थाइल्यान्डमा बाढी: नौ जनाको मृत्यु, हजारौं विस्थापित

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ७ : ५० बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत