४५ रन नबनाउँदै कर्णाली याक्सले गुमायो मुख्य ब्याटर « Khabarhub

४५ रन नबनाउँदै कर्णाली याक्सले गुमायो मुख्य ब्याटर


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनपीएल क्रिकेट अन्तर्गत स्टारहरूले भरिएको कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध खराव प्रदर्शन गरेको छ ।

आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएर हौसिएको जनकपुर बोल्ट्सविरुद्ध कर्णालीको ब्याटरको प्रदर्शन फितलो देखिएको हो ।

कर्णालीले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको छ । उसका ओपपनर देव खनाल र शिखर धवन सस्तैमा आउट भए । खनाल ५ बलमा १ रन बनाउँदै आउट भए ।

यो खेलका मुख्य आकर्षण नै शिखर धवन थिए । तर उनी पनि सस्तैमा आउट हुँदा कीर्तिपुर स्टेडियमा हुटिङ लागेको थियो ।

एनपीएको पहिलो खेल खेलिरहेका स्टार क्रिकेटर शिखर धवन सस्तैमा आउट भए । उनी १४ बलमा १४ रन बनाएको अवस्थामा आउट भए ।

त्यसैगरि चाड्विक विल्टन पनि १२ बलमा केबल ८ रन बनाउँदै पेभेलियन फर्किए । कर्णालीका अर्का ब्याटर जिसन मक्सुद पनि २ बलमा खाता नखोल्दै आउट हुन पुगेका छन् ।

कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा ललित राजवंशी, हर्ष थकेर, जेम्स निसम र मोहम्मत मोसिनले समान १/१ विकेट लिन सफल भएका छन् ।

ताजा अवस्थामा कर्णाली ११ ओभर खेल्दै ४ विकेटको क्षतिमा ५४ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : ५२ बजे

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त