४५ रन नबनाउँदै कर्णाली याक्सले गुमायो मुख्य ब्याटर « Khabarhub

४५ रन नबनाउँदै कर्णाली याक्सले गुमायो मुख्य ब्याटर


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनपीएल क्रिकेट अन्तर्गत स्टारहरूले भरिएको कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध खराव प्रदर्शन गरेको छ ।

आफ्नो पहिलो खेलमा विराटनगर किङ्सलाई हराएर हौसिएको जनकपुर बोल्ट्सविरुद्ध कर्णालीको ब्याटरको प्रदर्शन फितलो देखिएको हो ।

कर्णालीले आफ्ना दुवै ओपनरलाई सस्तैमा गुमाएको छ । उसका ओपपनर देव खनाल र शिखर धवन सस्तैमा आउट भए । खनाल ५ बलमा १ रन बनाउँदै आउट भए ।

यो खेलका मुख्य आकर्षण नै शिखर धवन थिए । तर उनी पनि सस्तैमा आउट हुँदा कीर्तिपुर स्टेडियमा हुटिङ लागेको थियो ।

एनपीएको पहिलो खेल खेलिरहेका स्टार क्रिकेटर शिखर धवन सस्तैमा आउट भए । उनी १४ बलमा १४ रन बनाएको अवस्थामा आउट भए ।

त्यसैगरि चाड्विक विल्टन पनि १२ बलमा केबल ८ रन बनाउँदै पेभेलियन फर्किए । कर्णालीका अर्का ब्याटर जिसन मक्सुद पनि २ बलमा खाता नखोल्दै आउट हुन पुगेका छन् ।

कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा ललित राजवंशी, हर्ष थकेर, जेम्स निसम र मोहम्मत मोसिनले समान १/१ विकेट लिन सफल भएका छन् ।

ताजा अवस्थामा कर्णाली ११ ओभर खेल्दै ४ विकेटको क्षतिमा ५४ रनको अवस्थामा छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : ५२ बजे

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको