नौ तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री ओलीको चीन भ्रमण | Khabarhub Khabarhub

नौ तस्बिरमा हेर्नुस्, प्रधानमन्त्री ओलीको चीन भ्रमण


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीन भ्रमणमा छन् । गत असार ३० गते चौथो पटक प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश यात्रामा निस्किएका ओलीले राजनीतिक भेटघाट तीव्र पारेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली दिएका छन् ।

त्यसअघि नेपाल र चीनबीच विभिन्ने ९ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्ले मंगलबार बेइजिङमा स्वागत गरे । त्यसक्रममा नेपाल र चीनबीच विभिन्न ९ बुँदे सहमति पत्रमा हस्ताक्षर भयो ।

चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आयोजित कार्यक्रममा स्वागत गरेपछि दुई नेताको उपस्थितिमा केही सहमतिमा हस्ताक्षर भएको हो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको छ।

दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ताका क्रममा समझदारी भएको हो । ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो ।

तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ०३ बजे

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला