अफगानिस्तानविरुद्ध नेपाली युवा टोलीको रोमाञ्चक जित « Khabarhub

अफगानिस्तानविरुद्ध नेपाली युवा टोलीको रोमाञ्चक जित


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा टोलीले यूएईमा जारी यू-१९ एसिया कपको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराएको छ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै बनाएको १२४ रनको चुनौती नेपाली टोलीले ४१ ओभर ३ बलमै भेट्टाएर जित पक्का गरेको हो ।

नेपाललाई जिताउने क्रममा नरेन साउदले सर्वाधिक २६ रनको योगदान दिए । त्यसपछि अविजित रहेका कप्तान हेमन्त धामी २२ रनको योगदान दिए । नेपालका अन्य ब्याटरमा अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९,  रोशन विश्वकर्माले ९ रन बनाए ।

नेपाल कुनै समय ८४ रनमा आठ विकेट गुमाएर धरासायी भएको थियो। तर  नेपाललाई हेमन्त र नरेनले सम्हाल्दै जितसम्म डोर्‍याए । दुवैले नवौँ विकेटका लागि ३१ रनको साझेदारी गरेपछि नेपालले जित निकाल्न सक्यो ।

पराजित अफगानिस्तानका लागि अल्लाह गजन्फर र खातिर स्टानिकजाईले समान ३-३ विकेट झार्न सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानलाई नेपालले १२३ रनमा समेटेको थियो । अफगानिस्तानका कप्तान महबुब खानलाई शून्यमा बोल्ड आउट गरेको नेपालले १२३ रनमा रनआउट गरेको थियो ।

अफगानिस्तानका लागि फैसल खानले अर्धशतक बनाएका थिए ।

बलिङमा प्रभाव देखाउन सफल नेपालले अफगानिस्तानलाई ३५.४ ओभरमै १२३ रनमा अलआउट गरेको थियो । नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३-३ तथा अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २-२ विकेट झारे ।

यसअघि एसिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रनले हार भोगेको थियो । उता दोस्रो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजि भएको  थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : २३ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक