न्यूयोर्कको ठुलो होटेलमै रहस्यमय हत्या « Khabarhub

न्यूयोर्कको ठुलो होटेलमै रहस्यमय हत्या


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – सन् २०१६ मा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा जित हात पारेपछि विजयी सम्बोधन गरेको होटेल मिडटाउनमै बुधबार भएको हत्या अहिले अमेरिकाको चर्चाको विषय बनेको छ ।

बुधबार अमेरिकाको सबै भन्दा ठुलो बिमा कम्पनी युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी ब्रायन थम्पसनलाई गोली हानी हत्या गरिएको हो।

शङ्कास्पद व्यक्तिले खैरो रङको टाउकोसम्म ढाकिने लुगा लगाएको प्रहरीले जनाइएको छ । इ-बाइकमा आएर गोली प्रहार गरिएको समेत जनाइएको छ ।

आक्रमणको केही मिनेट अघि एक कफी सपमा पाइएको फोटोको आधारमा शङ्का गरिएको हो । मिनोस्टामा बसोबास गर्ने थम्सन लगानीकर्ताको सम्मेलनमा सम्बोधन गर्न न्युयोर्क आएका हुन् ।

हत्यापछि केही क्लु भने छाडिएका छन् । हत्यापछि सुरुमा पैदल हिँडेका हत्यापछि इलेक्ट्रिक सिटी बाइक प्रयोग गरेका थिए ।

न्यूयोर्कमा त्यस किसिमको भाडाको बाइक प्रयोग गरेर चढ्न पनि सकिन्छ । जिपिएस ट्र्याकमार्फत त्यस बाइको लोकेसन प्रहरीले पत्ता लगाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ७ : ५३ बजे

शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा

‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि कौरव खेमामा सेनापति

सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश अघि बढायो

काठमाडौं – सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुनी संरचनामा समायोजन गर्न

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा

यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा ७२ जना