वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि | Khabarhub Khabarhub

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्सा– मुलुकका अन्य भन्सारका तुलनामा पर्साको वीरगञ्ज भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँ बराबरका सामान निर्यात भएका छन् ।

वीरगञ्ज भन्सारले मात्र १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको छ ।

वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ ।सुक्खा बन्दरगाहबाट एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन् ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १० : ३९ बजे

नेदरल्याण्ड्सविरुद्ध टस जितेको नेपालले पहिले बलिङ रोज्यो

काठमाडौं- स्कटल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजअन्तर्गत बुधबार नेदरल्याण्ड्सविरुद्ध हुन

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

नैनपुर – यहाँको धनगढीमाई नगरपालिका– ११, १२ र १३ मा

इरानको जवाफी कारबाहीमा बेघर भए ५ हजार भन्दा धेरै इजरायली

तेलअभिभ- इरानले गरेको जवाफी आक्रमणमा परेर इजरायलमा हजारौँ मानिस बेघर

मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा

काठमाडौं- अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा सांसद पदबाट निलम्बित भएको