मौसम अपडेट : देशैभर सामान्य बदली, उपत्यकामा बिहानै वर्षा « Khabarhub

मौसम अपडेट : देशैभर सामान्य बदली, उपत्यकामा बिहानै वर्षा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास अवस्थित भएकाले नेपालमा अझै मनसुन सक्रिय छ । यही सक्रियताकै कारण आज (मंगलबार) बिहानै काठमाडौं उपत्यकामा वर्षा भएको छ । बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा निम्न चापिय प्रणाली बनेको जसका कारण देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्णतया बदलिको अवस्था छ। साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण यस्तो छ :

भदौ १७ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना देखिन्छ |

राति: देशका अधिकांस स्थानहरुमा सामन्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भदौ १८ गते (बुधबार)

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भदौ १९ गते (बिहिबार)

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : १० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी