निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : माधव सापकोटा « Khabarhub

निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : माधव सापकोटा


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड रहेकाले निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

दलहरूबीच सहमति जुटे संसदबाट र सहमति जुट्न नसके जनतामाझ गएर राजनीतिक मुद्दा बनाई निर्वाचन प्रणाली सुधारमा जोड दिने उनको भनाइ छ । सापकोटाले माओवादीले आफ्नो स्पष्ट धारणा राख्दा पनि संविधान संशोधनमा सरकारको नेतृत्व गरेकाले कुनै चासो नदिएको जिकिर गरे ।

उनले प्राप्त भइरहेका अधिकार कटौती गर्न माओवादी सहमत नरहेको तर अग्रगमनका लागि हुने संविधान संशोधनमा तयार नै रहेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी