महाअभियोगबाट बचे दक्षिण कोरियाली राष्ट्रपति | Khabarhub Khabarhub

महाअभियोगबाट बचे दक्षिण कोरियाली राष्ट्रपति


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया – दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल माथिको महाअभियोग प्रस्ताव असफल भएको छ। सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी)का विधायकहरूले मतदान बहिस्कार गरेपछि महाअभियोगबाट राष्ट्रपति बचेका हुन्।

मंगलबार टिभी सम्बोधन मार्फत सैन्य शासनको घोषणा गरेपछि देशभर उनको विरुद्धमा आक्रोश पैदा भएको थियो। उनको घोषणाविरुद्ध सडकमा ठुलो विद्रोह समेत भएको थियो।

महाअभियोग माथिको मतदानको १ घण्टा अघि टिभी सम्बोधन गर्दै उनले चाँडो नै आफ्नो पार्टीको एजेन्डा स्थापित गर्दै सत्ता आफै छाड्ने बताए। साथै आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागे।

महाअभियोग पारित हुने बित्तिकै विपक्षी डेमोक्र्याट पार्टीको नेता ली मी म्युङ सत्तासीन हुने र पार्टीका सबै एजेन्डा कमजोर हुने ठहरसहित अन्तिम समयमा सत्तारुढ दलका सांसद्हरु उनलाई जोगाउन तयार भएका हुन्।

डेमोक्र्याट पार्टीले सडकमा उत्रिएका लाखौँ जनाको भावनालाई सत्तारुढ सासंद्हरुले बुझ्न नसकेको भन्दै दुःख व्यक्त गर्न थालेका छन्। महाअभियोगमा मतदान हुनु अघि सो मतदानको निर्णय सुन्न हजारौँ जना सडकमा उपस्थित भएका थिए।

यो पनि पढ्नुहोस्
दक्षिण कोरियाको राजनीति संकट : राष्ट्रपतिको भविष्य टुंगो लगाउँदै संसद्

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ५२ बजे

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले