जापान नर्सिङ कियरगिभरमा जान ‘एन फोर’ पास अनिवार्य « Khabarhub

जापान नर्सिङ कियरगिभरमा जान ‘एन फोर’ पास अनिवार्य


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारीका लागि जापान नसिर्ङ कियरगिभरमा जानका लागि ‘एन फोर’ अनिवार्य उत्र्तीण गर्नुपर्ने भएको छ । जापान सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालमा आगामी अक्टोबर र नोभेम्बर महिनामा नसिर्ङ कियरगिभरका लागि भाषा परीक्षा लिने भएको छ । नसिङ कियरगिभरको योग्यता भने तोकिएको छैन । भाषा परीक्षामा सामेल हुन मात्र आह्वान गरिएको छ ।

नर्सिङ केयर गिभरमा जान चाहनेले जापानी भाषा एन फोर अनिवार्य पास गर्नुपर्ने भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नेपालमा गरिने भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमा एक हजार जनाको मात्र आवदेन लिनेछ । आवेदन ने्पालमा रहेको जापानी राजदूतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट टोकनमार्फत लिनुपर्ने छ ।

जापनिज भााषा तथा सिप परीक्षाका लागि अक्टोबर २७ देखि २९ (कार्तिक १० देखि १२), नोभेम्बर ५ देखि ७ (कार्तिक ९ देखि १९) तथा नोभेम्बरकै १२ देखि १४ (कार्तिक २६ देखि २८) सम्म मिति तोकिएको छ ।

भाषा परीक्षा कम्प्युटर प्रणालीमार्फत हुनेछ । सीप परीक्षा ६० मिनेट लामो निधारण गरिएको छ । जसमा ४५ वटा प्रश्नको उक्त दिनुपर्ने छ । ४० लिखित र व्यवहारिक ५ प्रश्नको सोधिने छ । भाषा परीक्षा ३० मिनेटमा १५ वटा प्रश्नहरु सोधिने छन् । भाषा र सीप परीक्षाका लागि ४ हजार ५ सय जापानी येन तिर्नुपर्ने छ ।

परीक्षा दिएका एक दिनपछि नतिजा परिक्षार्थीले थाहा पाउने छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १ : ०९ बजे

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

काठमाडौं – कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित