एनपीएल : आज जनकपुर र सुदूरपश्चिमको खेलमा शेख दाजुभाइको भिडन्त | Khabarhub Khabarhub

एनपीएल : आज जनकपुर र सुदूरपश्चिमको खेलमा शेख दाजुभाइको भिडन्त


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार तालिकाको शीर्ष स्थानका दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ। बुधबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्ष स्थानको अपराजित जनकपुर बोल्ट्स र एक मात्र हार खाएको दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

अपराजित टोली जनकपुरले सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने सुदूरपश्चिम जनकपुरलाई आजको खेलमा हारको स्वाद चखाउन चाहन्छ।

जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।

यो भिडन्तको अर्को रोचक कुरा भने शेख दाजुभाइ प्रतिस्पर्धीका रुपमा मैदानमा हुनेछन्। कतिपयले यो खेललाई दाजुभाइ आरिफ र आसिफ शेखको भिडन्तका रुपमासमेत हेरेका छन्। आसिफ विकेटकिपर ओपनर ब्याट्सम्यान हुन। उनी जनकपुरका मार्की खेलाडीसमेत हुन्।

आरिफ भने सुदूरपश्चिमबाट खेल्दैछन्। उनी पेस बलर हुन्। दुवै दाजुभाइले राष्ट्रिय टिममा सँगै खेले पनि उनीहरु पहिलो पटक फ्रेन्चाइज क्रिकेटमा आम्नेसाम्ने हुन लागेका हुन्।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : ५१ बजे

विपक्षी दलले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

काठमाडौं– संघीय संसदका विपक्षी दलहरूले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको

पौवादुङमा आयातित खानेकुरा बेचबिखनमा रोक

भोजपुर– दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित

‘स्कुल ड्रेस’ बालमैत्री नहुँदा बालबालिकालाई सकस 

काठमाडैंस्थित सिद्धार्थ पब्लिक एकेडेमीमा पढ्ने एक बालकका अभिभावकले गुनासो गरे

संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’

म्याग्दी– म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुर्ख्यौली नाचलाई