प्रधानमन्त्री भन्छन्- विद्यार्थी फेल हुनु पनि एक प्रकारको अपराध हो « Khabarhub

प्रधानमन्त्री भन्छन्- विद्यार्थी फेल हुनु पनि एक प्रकारको अपराध हो


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने बताएका छन् ।

आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै ओलीले यसो भनेका हुन् ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै उनले विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मिहिनेत खेर जाने बताए ।

‘एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरुको भविष्य समाप्त हुन्छ । एसइईभन्दा माथि जान नसक्दा उनीहरुमा निराशा उत्पन्न हुन्छ । विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो’, प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ । विद्यार्थीले मिहिनेत गर्नुपर्छ । पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन् ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरूको पनि स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवा दिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ६ : ३३ बजे

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको