बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो « Khabarhub

बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा सिधै दोस्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। गएराति भएको खेलमा बोरुसिया डर्टमन्टमाथि ३-२ को जितसँगै यो सम्भावना बलियो बनेको हो।

च्याम्पियन्स लिगमा सहभागी ३६ टोली मध्य शीर्ष ८ मा रहने टोली सिधै दोस्रो चरणमा प्रवेश गर्ने छन्। नवौँदेखि २४ औं हुने टोलीले प्लेअफबाट अघिल्लो चरणको टुंगो लगाउने छन्।

६ खेलको समाप्तिमा बार्सिलोना १५ अङ्कसहित दोस्रो स्थानमा छ। बुधवार भएको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका फेरान टोरेसले दुई गोल गरे।

पहिलो हाफ गोलरहित सकिएपछि ५२ औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

सेरहाउस गुइरासीले आफैमाथि फल प्रहार भएर पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै डर्टमन्डलाई ६० औं मिनेटमा खेलमा फर्काएका थिए।

टोरेसले दोस्रो हाफमा बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाए। गुइरासीले दोस्रो अग्रतालाई कायम रहन दिएनन्। उनको गोलमा डर्टमन्ड दोस्रो पटक बराबरी गोल गर्न सफल भयो।

खेलको ८५ औं मिनेटमा टोरेसले अर्को गोल थप्दै बार्सिलोनालाई जित दिलाए। पराजित डर्टमन्ड १२ अङ्कसहित नवौँ स्थानमा छ। तेस्रोदेखि आठौँ स्थानमा रहने टोलीको १३ अङ्क छ।

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ७ : ३० बजे

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ