बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो « Khabarhub

बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा सिधै दोस्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। गएराति भएको खेलमा बोरुसिया डर्टमन्टमाथि ३-२ को जितसँगै यो सम्भावना बलियो बनेको हो।

च्याम्पियन्स लिगमा सहभागी ३६ टोली मध्य शीर्ष ८ मा रहने टोली सिधै दोस्रो चरणमा प्रवेश गर्ने छन्। नवौँदेखि २४ औं हुने टोलीले प्लेअफबाट अघिल्लो चरणको टुंगो लगाउने छन्।

६ खेलको समाप्तिमा बार्सिलोना १५ अङ्कसहित दोस्रो स्थानमा छ। बुधवार भएको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका फेरान टोरेसले दुई गोल गरे।

पहिलो हाफ गोलरहित सकिएपछि ५२ औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए।

सेरहाउस गुइरासीले आफैमाथि फल प्रहार भएर पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै डर्टमन्डलाई ६० औं मिनेटमा खेलमा फर्काएका थिए।

टोरेसले दोस्रो हाफमा बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाए। गुइरासीले दोस्रो अग्रतालाई कायम रहन दिएनन्। उनको गोलमा डर्टमन्ड दोस्रो पटक बराबरी गोल गर्न सफल भयो।

खेलको ८५ औं मिनेटमा टोरेसले अर्को गोल थप्दै बार्सिलोनालाई जित दिलाए। पराजित डर्टमन्ड १२ अङ्कसहित नवौँ स्थानमा छ। तेस्रोदेखि आठौँ स्थानमा रहने टोलीको १३ अङ्क छ।

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ७ : ३० बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी