युक्रेनको जापोरिजियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु | Khabarhub Khabarhub

युक्रेनको जापोरिजियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी आक्रमणमा परी  १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन् । दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र शृङ्खलामा मंगलबार भएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको २२ जना घाइते भएका छन ।

भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए। गभर्नरका अनुसार आक्रमणबाट मध्य जापोरिझियामा रहेको एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले टेलिग्राममा बताएका छन् ।

रूसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरेका छन्।

गत शुक्रबार पनि जापोरिझियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो । मस्कोले बुधबार युक्रेनको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको सैन्य हवाई क्षेत्रमा पश्चिमा मुलुकले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै युक्रेनविरुद्ध प्रतिशोध लिने रूसले चेतावनी दिएको थियो ।

एक अमेरिकी अधिकारीले रूसले चाँडै नै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेशनिक’ क्षेप्यास्त्रले निशाना बनाउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १ : २४ बजे

चार महिनामा भित्रियो सवा पाँच खर्ब रेमिट्यान्स

काठमाडौं – चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सवा पाँच

विदेशी मुद्राको सञ्चिति साढे २२ खर्ब, १५ महिनाको आयात धान्ने

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति

कात्तिक मसान्तसम्म अर्थतन्त्रको अवस्था : महँगी ५.६० प्रतिशत, कर्जा प्रवाह २.५ प्रतिशत

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक

गुणस्तरीय खानेपानीको दीर्घकालीन समाधान खोजिँदैछ : मन्त्री यादव

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध

भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु

एजेन्सी – भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली