न्युयोर्क – टाइम म्यागजिनले बिहीबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरेको छ । यसले उहाँको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ ।
नोभेम्बर ५ को निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्नुहुने ट्रम्पले आफ्नो विशिष्ट रातो टाई लगाएर र चिन्तनशील मुद्रामा पत्रिकाको शीर्षक आवरण सजाएको छ ।
“ऐतिहासिक पुनरागमनलाई सङ्गठित गर्न, एक पुस्ताको राजनीतिक पुनर्संरचना गर्न, अमेरिकी राष्ट्रपतिलाई पुनः आकार दिन र विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गर्न डोनाल्ड ट्रम्प टाइमको २०२४–पर्सन अफ द इयर हुनुहुन्छ ।”
यस वर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गरियो र दुईपटक हत्याको प्रयास गरियो – र अन्त्यमा दुवै सदनमा रिपब्लिकन बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा छन् ।
“हामीले लोकप्रियताको पुनरुत्थान, पछिल्लो शताब्दीलाई परिभाषित गर्ने संस्थाहरूमा बढ्दो अविश्वास र उदार मूल्यमान्यताहरूले अधिकांश मानिसको राम्रो जीवनमा नेतृत्व गर्नेछ भन्ने विश्वासलाई बिगार्दै गएको देखिरहेका छौँ । ट्रम्प यी सबैको एजेन्ट र लाभार्थी दुवै हुनुहुन्छ”, पत्रिकाले एक विज्ञप्तिमा भन्यो ।
वार्षिक रूपमा प्रदान गरिने यो पुरस्कार यस वर्षको सबैभन्दा प्रभावशाली व्यक्तित्वको स्वीकृति हो । विगतका विजेताहरूमा टेलर स्विफ्ट, भोलोदिमर जेलेन्स्की र ट्रम्प स्वयं, सन् २०१८ मा हिलारी क्लिन्टनको आश्चर्यजनक पराजयपछि समावेश छन् ।
ट्रम्पको प्रभाव
सन् २०२४ को समाचार घटनाहरूमा प्रभुत्व जमाएपछि जनवरीमा राष्ट्रपति पद ग्रहण गर्दा ट्रम्पको प्रभाव जारी रहने छ । यस पटक ट्रम्पले कागजातविहीन आप्रवासीहरूको सामूहिक निष्कासन र प्रमुख भन्सार शुल्क लगाउने वाचा गर्नुभएको छ । यसले अमेरिकी अर्थतन्त्रलाई मात्र नभई प्रमुख व्यापार साझेदारहरूलाई पनि हल्लाउने खतरा छ ।
उनले रुसी आक्रमण विरुद्धको लडाइँमा युक्रेनलाई निरन्तर समर्थन गर्ने कुरामा शङ्का व्यक्त गरेका छन् र फ्लोरिडाको मार–ए–लागो एस्टेटमा विदेशी नेताहरूलाई आकर्षित गर्दै उहाँ पहिले नै छायाँ राष्ट्रपति बनेका छन् । टाइम म्यागाजिनको आवरण र अमेरिकी सरकारको नेतृत्वमा उहाँको पुनरागमन केही वर्षअघि कल्पना गर्न असम्भव थियो ।
समर्थकहरूले उहाँको सन् २०२० को चुनावी हारलाई उल्ट्याउने प्रयासमा क्यापिटल भवनमा आक्रमण गरेपछि रिपब्लिकन दलले उनलाई त्याग्न तयार छ जस्तो देखिएको थियो ।
सन् २०२० को चुनावी परिणाम उल्ट्याउने उनको प्रयासलाई लिएर आपराधिक मुद्दा दायर गरियो र उनलाई यौन दुर्व्यवहारका अदालतमा दोषी ठहर गरियो । उनी अमेरिकी र विश्व राजनीतिमा विभाजनकारी व्यक्ति बनेका छन् ।
तथापि यीमध्ये कुनैले पनि उनलाई रिपब्लिकन टिकटको शीर्षमा पुग्न र त्यसपछि ह्यारिसविरुद्ध आम चुनावमा जित्नबाट रोक्न सकेन ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र दिवङ्गत विपक्षी नेता अलेक्सी नाभाल्नीकी विधवा रुसी अर्थशास्त्री युलिया नाभाल्नायासहित ह्यारिसलाई अवार्डका लागि छनोट गरिएको थियो ।
प्रतिक्रिया