आज २०८१ साल मंसिर २८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर २८ गते शुक्रबारको राशिफल


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २८ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर १३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा फाइदा हुने योग छ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन सहज छ। थोरै श्रम गरेर राम्रो आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रयास गरेको भए हरेक क्षेत्रमा सफलता मिल्नेछ। चिसोबाट बच्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने दिन छ।

मिथुन : दिन सहज छ। साथीभाइको साथ मिल्नेछ। राजनीतिक सेटिङ मिलेमा सेवाको अवसर मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनेछ। समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम रहेको छ।

कर्कट : अढैया शनि भए पनि शुभग्रहको बहुमत छ। आफन्तसँग बोल्दा भने सचेत बन्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारको सुझाव अनुसार अगाडि बढेमा हरेक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा हात लगाएको भए सफलता मिल्नेछ। एकल लगानीबाट फाइदा हुने योग छ। गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ। तपाईंको कामको चियोचर्चो गर्ने मान्छे सक्रिय भएकाले गोप्य ढंगले काम गर्नु राम्रो हुनेछ।

कन्या : दिन सामान्य छ। ठुला व्यक्तिको सेवामा दिन बित्नेछ। आफन्तले प्रयोग गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। उपचारकोक्रममा भए लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : सञ्चित धन खर्च हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। चिसोबाट बच्न नसके स्वास्थ्यमा समस्या हुनसक्छ। कला र गलाको प्रशंसा हुनेछ। परिवारको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। रोगबाट बच्न सहज हुनेछ। स्वास्थ्यले साथ दिनेछ। बोली र व्यवहारमा एकरुपता नभएमा समस्या हुनेछ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा मन शान्त बन्नेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ।

धनु : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछन्। तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। गुरुसँग भेट हुने योग छ। तपाईंका विरोधी साथी सक्रिय भएकाले बोलीमा ख्याल गर्नुपर्नेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। स्वदेशमा गरेको लगानी भन्दा विदेशको रमझमले मन तान्नेछ। विदेशमा लगानी भए राम्रो फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। आफन्तले प्रशंसा गर्नेछन्। मनमा भएका बेदना पोख्नु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : सञ्चित धन खर्च गर्ने बानीले मनमा अशान्त बन्नेछ। व्यवहार र बोलीमा एकरुपता आवश्यक देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारको सुरुवात गरेमा सहकर्मी साथीले तपाईंको प्रशंसा गर्नेछन्।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ४ : ५९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन