प्रभासको ‘साहो’ ले चौथो दिन कति कमायो? « Khabarhub

प्रभासको ‘साहो’ ले चौथो दिन कति कमायो?


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ठूलो बजेटमा निर्माण भएको फिल्म ‘साहो’ को यतिबेला नेपालमा पनि उत्तिकै चर्चा र चासो छ । ३ सय ५० करोड भारुमा बनेको यो फिल्मलाई दर्शकले खासै रुचाएनन् । तर, फिल्मले हिन्दी भर्सनमा धमाकेदार कमाइ गरेको छ । भलै यो फिल्म बल्कबस्टर फिल्मजस्तो छैन ।

फिल्मले पहिलो दिन २४ करोड ४० लाख भारु कमाइ गरेको थियो । यस्तै दोस्रो दिन २५ करोड २० लाख कमाइ कमाइ गरेको थियो ।

आइतबार भारतमा हुने विदाको पनि फिल्मले फाइदा लियो । फिल्मले आइतबार २९ करोड ४८ लाख भारु कमायो ।

विकेन्डपछि फिल्मले आइतबार अर्थात् चौथो दिन पनि दमदार व्यापार गरेको छ । फिल्मले सोमबार १४ करोड २० लाख भारु हिन्दी भर्सनमा मात्र कमाइ गरेको छ । फिल्मले चार दिनमा हिन्दीमा मात्र ९३ करोड २८ लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

प्रभाससँगै श्रद्धा कपूर, निल नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डे लगायतका कलाकारको अभिनय रहेको फिल्म एक्सनले भरिपूर्ण छ । फिल्मको विश्वव्यापी कमाइ भने ३ सय ३० करोड भारू छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : ४४ बजे

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा

कैलाली–१ मा कांग्रेस अघि

सुदूरपश्चिम– कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता

मोरङ–५ मा रास्वपालाई सुरुवाती अग्रता

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–५ मा मतगणना भइरहेको छ ।

ललितपुर ३ मा तोशिमाको निरन्तर लिड

काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की