झापा कपः त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत « Khabarhub

झापा कपः त्रिभुवन आर्मी क्लबको विजयी सुरुआत


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

झापा – विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि सुरु भएको ‘झापा कप–२०८१’ प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टोलीका ‘स्ट्राइकर’समेत रहेका खेलाडी जिलेस्पीजङ्ग कार्की र दिशान्त राईले गोल गरेका थिए । खेलको २५औँ मिनेटमा कार्कीले मोरङका डिफेण्डर अगाडि बढेको अवस्थामा गोल गरेका थिए । उनले मैदानको मध्यभागमा ‘सिङ्गल’ खेल्दै बललाई ‘पोस्ट’को दिशा दिए ।

आर्मीका लागि अर्को गोल खेलको ८२औँ मिनेटमा सम्भव भयो । वैकल्पिक खेलाडी दिशान्त राईले निरज घिसिङको ‘पास’मा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा निरज चौधरीले गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका हुन् । खेलको ४७औँ मिनेटमा ‘अनमार्क’ रहेका दीपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो ।

खेलको ‘प्लेयर अफ दी म्याच’ आर्मीका दिशान्त राई घोषित भए । उनले नगद रु १० हजार पुरस्कार पाए । आइतबारको खेल आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुने आयोजकले जनाएको छ ।

आजदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु १० लाख तथा उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने आयोजक क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रतियोगितामा नेपालका नौ र भारतको एउटा गरी १० वटा क्लबको सहभागिता रहेको छ ।

खेलको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ४० बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित