युरो २०२५ को ‘ड्र’ सार्वजनिक « Khabarhub

युरो २०२५ को ‘ड्र’ सार्वजनिक


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वीट्जरल्याण्डमा अर्को वर्ष हुने युरो २०२५ को समूह विभाजन भएको छ। सार्वजनिक ड्रमा फ्रान्स र नेदरल्यान्ड्स रहेको समूहमा इङ्गल्यान्ड र वेल्स परेका छन्।

सोमबार सार्वजनिक भएको ड्रको समूह ‘ए’मा स्वीट्जरल्याण्ड, नर्वे, आयसल्यान्ड र फिनल्यान्ड छन्। यसैगरी समूह ‘बी’मा स्पेन, पोर्चुगल, बेल्जियम र इटाली छन्।

समूह ‘सी’मा जर्मनी, पोल्यान्ड, डेनमार्क र स्विडेन छन्। समूह ‘डी’मा फ्रान्स, इङ्गल्यान्ड, वेल्स र नेदरल्यानड्स छन्।

इङ्गल्यान्डकी प्रशिक्षक वेगनले समूह ‘डी’का खेल अत्यन्त रोचक हुने प्रतिक्रिया दिएकी छिन्। सन् २०२२ यता विश्व फुटबलमा धेरै परिवर्तन आइसकेको उनको मत छ।

युरो कपको समूह चरणको पहिलो खेल २ देखि ५ जुलाईको बीचमा हुनेछ। समूह चरणको दोस्रो खेल ६ देखि ९ जुलाइका बीचमा हुनेछ। समूह चरणको तेस्रो खेल १० देखि १३ जुलाइका बीचमा हुनेछ।

क्वार्टर फाइनल १६ देखि १९ मा हुनेछ। सेमिफाइनल २२ र २३ जुलाइमा हुनेछ उपाधिको टुङ्गो २७ जुलाई मा हुनेछ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : ०७ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९