अर्थसंक्षेप : औद्योगिक क्षेत्रमा आंशिक लोडसेडिङ हुने, ३ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : औद्योगिक क्षेत्रमा आंशिक लोडसेडिङ हुने, ३ अंकले बढ्यो नेप्से


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म केही उद्योगहरूमा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बताएका छन् । नेप्सेमा मंगलबार भएको शेयर कारोबारमा नेप्से झिनो अंकले बढेको छ ।

धरानमा भोकलाग्यो डटकम लोकप्रिय बन्दै गएको छ । माथिल्लो म्याग्दीखोला आयोजना बनाउन पाँचवटा बैंकले लगानी गर्ने भएका छन् । नेपालमा अवैधानिक भएपनि हजारौं नेपालीले क्रिप्टो कारोबार गर्ने गरेको पाइएको छ भने, टेलिग्राम स्क्यामबाट नेपालीहरू ४५ करोड बढी ठगिएका छन् ।

आजका प्रमुख आर्थिक समाचार :

टेलिग्राममा स्क्यामरको जालोभित्र नेपाली

सामाजिक सञ्जाल टेलिग्राम सक्रिय स्क्यामर गिरोहले नेपाली प्रयोगकर्ताबाट कम्तिमा ४५ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमै हालसम्म ४५ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै उजुरी परेको हो ।

आर्थिक ठगी गर्ने उद्देश्यले टेलिग्राम च्यानलमा यतिखेर ठूलो संख्यामा स्क्यामर समूह सक्रिय छन् । ती ठगहरूको तारोमा पछिल्लो समय नेपाली प्रयोगकर्ता छन् । टेलिग्राममा खोलिएका विभिन्न मेसेन्जर ग्रुपबाट स्क्यामर समूहले नेपालीलाई प्रलोभनको जालोमा फसाउँदै लुटिरहेका हुन् ।

सहज आम्दानीको लोभ देखाएर स्क्यामरहरूले आम मानिसलाई टेलिग्रामसम्म प्रवेश गराइरहेका छन् । साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार अहिलेसम्म टेलिग्राममा मात्रै ४५ करोड रुपैयाँभन्दा बढी रकम ठगीएको उजुरी परेको छ ।

धरानमा भोक लाग्यो ? हाजिर छ भोकलाग्योडटकम !

धरानमा भोक लाग्यो,/ तर रेस्टुराँ धाउने समय छैन । अब के गर्ने ? कि घरमै खाना बनाउने, या त भोकै बस्ने !

यो कुरा पूर्वको प्रतिष्ठित शहर धरानले लामो समयसम्म भोगिरहेको व्यथा थियो । तर, अहिले धरानबासी तथा धरान घुम्न पुग्नेले आफैँ खाना बनाउनुपर्ने वा भोकै बस्नुपर्ने बाध्यता हटेको छ ।
अब धरानको जुनसुकै ठाउँमा आफूलाई खान मन लागेको खाना आफूले रोजेको रेस्टुराँबाट आउन थालेको छ । धरानमा यो सब ‘भोकलाग्योडटकम’ले गर्दा सम्भव भएको हो ।
यस्तो सम्भव गराउने व्यक्ति हुन् – नरेन कुलुङ । उनैले गर्दा धरानमा खाना खान रेस्टुराँ नै जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने

सार्वजनिक–निजी साझेदारीमा अब निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने भएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजिसिएल)ले अध्ययन गरेको मध्य तमोर–ढुङ्गेसाँगु २२० केभी प्रसारण लाइन उक्त मोडलमा निर्माण गरिने भएको हो ।

उक्त निर्माणलाई अगाडि बढाउनका लागि आरपिजिसिएललाई आवश्यक पर्ने ऋण लगानी हाईड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसियल)ले गर्ने गरी सम्झौता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा भएको उक्त सम्झौतामा आज ऊर्जा मन्त्रालयमा आरपिजिसिएलका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवाली र एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

माथिल्लो म्याग्दी खोला आयोजना बनाउन वित्तीय व्यवस्थापन

माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन सम्झौता भएको छ । प्रवर्धक हाइड्रो इम्पायर प्रालि र सिद्धार्थ बैंक लिमिटेडको प्रमुख अग्रसरतामा पाँच बैंकबीच वित्तीय व्यवस्थापन सम्झौता भएको हो ।

म्याग्दीको धवलागिरी गाउँपालिका-४ मा निर्माण गरिने आयोजनाको प्रस्तावित उत्पादन क्षमता ३७ मेगावाट हो । आयोजनाको कुल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । बैंकहरूलाई तिर्नुपर्ने ब्याजसमेत जोड्दा आयोजना बनाउन सात अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ लाग्ने प्रक्षेपण छ ।

कुलमानले भने, ‘माथिल्लो तामाकोशी नचलेसम्म केही उद्योगको लाइन काटिन्छ’

४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म नेपाल विद्युत प्राधिकरणले बढी विद्युत् माग हुने साँझको समय (पिक आवर)मा औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्ने भएको छ ।

हिउँदयाम सुरुसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने, तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने भएको प्राधिकरणले जनाएको हो ।

चिसोका कारण यही समयमा विद्युत्‌माग बढ्ने, तर नेपालको विद्युत प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नुपर्छ ।

यस वर्ष झनै सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको घिसिङको भनाइ छ ।

साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।

साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ

दिगो विकास लक्ष्यमा उल्लेख्य प्रगति : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रूपमा नै दिगो विकास लक्ष्य प्राप्तिका लागि अदिस अबाबा एजेन्डा कार्यान्वयनमा महत्त्वपूर्ण प्रगति भएको बताएका हुन् ।

प्रतिबन्धित क्रिप्टोमा हजारौँ नेपालीले दैनिक गर्छन् अर्बौंको कारोबार

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारसम्बन्धी कुनै कानुनी व्यवस्था छैन । विभिन्न समयमा सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोको कारोबार र माइनिङको काम गर्न नपाइने बताइरहेको छ ।

तर पनि हजारौँ नेपालीहरूले भने दैनिक ठूलो मात्रामा क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएका छन् । जुन कारोबार उनीहरूले बैंकिङ प्रणालीसँग आबद्ध भएर नै गरिरहेका छन् । विशेषगरी विश्वमा क्रिप्टो एक्सचेञ्ज कारोबार गर्ने प्रतिष्ठित साइटमा भइरहेको संलग्नता र कारोबारबारे अध्ययन गर्दा यस्तो देखिएको हो ।

झिनो अंकले बढ्यो नेप्से

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा पुगेको छ ।
आज नेप्से ०.११ प्रतिशतले बढ्दा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार ११७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१८ वटा कम्पनी दिनभरमा कारोबारमा आउँदा ५३ हजार ९५७ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ६ : २० बजे

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको