पाँचपोखरीमा स्वास्थ्य शिविर, पाँच हजार बढीले लिए सेवा | Khabarhub Khabarhub

पाँचपोखरीमा स्वास्थ्य शिविर, पाँच हजार बढीले लिए सेवा


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – यहाँको पाँचपोखरी थाङपाल गाउँपालिकाको भोटेनाम्लाङ र थाङ्पालथापमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

विशेषज्ञ चिकित्सकसहित जिल्ला जनस्वास्थ्य कार्यालय, चौतारा अस्पताल तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा आयोजित दुई दिने स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरिएको छ ।

शिविरबाट पाँच हजार तीन सय ५१ जनाले सेवा लिएको चौतारा अस्पतालका सूचना अधिकारी डा. अमरदिप शाहले बताए। ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले बताए।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका दुर्गम स्थानमा स्वास्थ्यसेवा प्रदान गर्न मन्त्रालयले काम गरिरहेको जानकारी गराए ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले रोग तथा समस्याका बारेमा निर्धक्क भएर डाक्टरहरु माझ राख्न स्थानीयलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्ष टासी लामाले पालिकाको आठवटै वडामा बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा दिइरहेको उल्लेख गर्दै आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १२ : २९ बजे

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।