५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट « Khabarhub

५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली याक्सले दुवै ओपनर गुमाएको छ ।

सात ओभरमा खेल आइपुग्दा कर्णालीले दुवै ओपनर जयकिशन कोलसेवाला र देव खनाललाई गुमाएको हो । त्यसैगरी तेस्रो क्रमका जीसन मक्सूदलाई पनि कर्णालीले गुमाएको छ ।

उनले ११ बलमा १२ रन बनाएको अवस्थामा विकेट किपरबाट क्याच आउट हुन पुगेका छन् ।

यसअघि देव खनालले २० बल सामना गर्दा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । उनलाई ब्याटिङबाट जनकपुरका जेम्स नीशमले आकाश त्रिपाठीमार्फत क्याच आउट गराउँदै बिदा गराएका हुन् ।

कर्णालीले पहिलो विकेटकारुपमा ओपनर जयकिशन कोलसेवालालाई गुमाएको हो । उनी ४ बल सामाना गरेर १ रनमै आउट भएका हुन् । ललित राजवंशीको बलमा कोलसेवाला हर्श ठाकारमार्फत क्याच आउट भएका हुन् ।

खेल ७ ओभरमा पुग्दा कर्णाली ३ विकेट गुमाएर ५१ रनको अवस्थामा छ । कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १ : ०५ बजे

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन

सर्वोच्चको फैसलाप्रति देउवा समूह असन्तुष्ट, गगनको आधिकारिकताविरूद्ध पुनरावलोकनमा जाने

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा

कर्णालीमा बेपत्ता बुबाछोराको शव भेटियो

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा