५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट « Khabarhub

५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली याक्सले दुवै ओपनर गुमाएको छ ।

सात ओभरमा खेल आइपुग्दा कर्णालीले दुवै ओपनर जयकिशन कोलसेवाला र देव खनाललाई गुमाएको हो । त्यसैगरी तेस्रो क्रमका जीसन मक्सूदलाई पनि कर्णालीले गुमाएको छ ।

उनले ११ बलमा १२ रन बनाएको अवस्थामा विकेट किपरबाट क्याच आउट हुन पुगेका छन् ।

यसअघि देव खनालले २० बल सामना गर्दा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । उनलाई ब्याटिङबाट जनकपुरका जेम्स नीशमले आकाश त्रिपाठीमार्फत क्याच आउट गराउँदै बिदा गराएका हुन् ।

कर्णालीले पहिलो विकेटकारुपमा ओपनर जयकिशन कोलसेवालालाई गुमाएको हो । उनी ४ बल सामाना गरेर १ रनमै आउट भएका हुन् । ललित राजवंशीको बलमा कोलसेवाला हर्श ठाकारमार्फत क्याच आउट भएका हुन् ।

खेल ७ ओभरमा पुग्दा कर्णाली ३ विकेट गुमाएर ५१ रनको अवस्थामा छ । कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना