मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द « Khabarhub

मालढुङ्गा–बेनी सडक दैनिक साढे सात घण्टा बन्द


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने जिल्लाको मालढुंगा –बेनी सडक दैनिक साढे सात घण्टा बन्द गरिने भएको छ । यही भदौ १९ गतेदेखि पुरानो समयतालिका परिवर्तन गरी दैनिक साढे सात घण्टा बन्द गरिने भएको हो । यसअघि आठ घण्टा बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले सडक बन्द हुने समयतालिका परिर्वतन गर्दै दैनिक साढे सात घण्टा मात्रै सडक बन्द गर्ने निर्णय गरेको हो । यही भदौ १९ गतेदेखि २६ गतेसम्म बिहान ७ः०० देखि ९ः०० बजे र त्यसपछि बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म सडक बन्द गरिनेछ ।

दिउँसो २:०० बजेदेखि अपराह्न ४:३० बजेसम्म कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ । यसअघि यही भदौ ५ गतेदेखि बिहान १०:०० देखि दिउँसो ४:०० बजेसम्म सडक बन्द गरिँदै आएकामा दिउँसो १:०० देखि २:०० बजेसम्म एक घण्टा सडक सञ्चालन गर्ने निर्णय भएको थियो ।

अदुवाबारीदेखि बागलुङ नगरपालिकाको बाङगेचौर जोड्ने झोलुङ्गे पुल निर्माणका क्रममा सडक बन्द गरिँदै आएको छ । कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको पर्वत खण्डमा लठो तान्नका लागि सहायक जग (एङ्कर ब्लक) निर्माण गर्नुपर्ने हुँदा मालढुङ्गा–बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखर जेभीका नरहरि खड्काले जानकारी दिए ।

दैनिक साढे सात घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुङ्गा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । साना र हल्का सवारीसाधन सहस्रधाराबाट पाङ हुँदै दमुवाखोलासम्मको वैकल्पिक सडकसमेत प्रयोग गर्न सकिनेछ । यो सडकको धेरै भाग कच्ची भएका कारण ठूला सवारीसाधन चल्न सक्दैनन् ।

थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउण्डेशनको काम भइरहेको छ । यो झोलुङ्गे पुल हालसम्मकै सबैभन्दा लामो ५६७ मिटर र १३८ मिटर उचाइको हुनेछ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : ५० बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक