देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छाैं : मन्त्री गुरुङ | Khabarhub Khabarhub

देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छाैं : मन्त्री गुरुङ


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा रहेको बताएका छन् ।

लमजुङको मालिङमा आज क्व्होलासोथार गाउँपालिको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुआती थलोको रुपमा लमजुङलाई लिएकाले यहाँका घर घरमा इन्टरनेट र टेलिफोन सेवा पु¥याइने बताए । जिल्लालाई यस वर्ष पूरै सूचना प्रविधिमैत्री बनाइने उनको भनाइ थियो ।

इन्टरनेट र टेलिफोन सेवा विस्तारपछि यहाँका सरकारी कार्यालयमा सूचना प्रविधिमार्फत सेवा प्रदान गरेर आधुनिक प्रशासन प्रणालीमा जोड दिइने मन्त्री गुरुङले बताए । अहिलेको समय सूचना प्रविधिको भएकाले विद्यालय शिक्षा प्रविधियुक्त बनाउन लमजुङका सबै समुदायिक विद्यालयमा कम्युटर ल्याब उपलब्ध गराइने उनले उल्लेख गरे। हालसम्म १० सामुदायिक विद्यालयमा १०÷१० थान कम्पुटर उपलब्ध गराइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ९ : ११ बजे

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको