रविको ‘हिरासत तस्बिर’ बारे अनुसन्धान गर्न प्रहरीले बनायो समिति « Khabarhub

रविको ‘हिरासत तस्बिर’ बारे अनुसन्धान गर्न प्रहरीले बनायो समिति


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो प्रकरणका विषयमा अनुसन्धान गर्न प्रहरीले छानबिन समिति बनाएको छ। कास्की प्रहरी हिरासतमा सुतिरहेको सिसिटिभी क्यामेराको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन समिति बनाएको हो।

रास्वपाका एक कार्यकर्ता निकोलस भुसालले आफूले तस्वीर सार्वजनिक गरेको भने पनि प्रहरीले अन्य अनुसन्धान र उनीमाथिको अनुसन्धानका लागि समिति बनाएको हो।

अनुसन्धान समितिमा गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्व छ । उनी सहित चार सदस्य छानबिन समिति बनाएको प्रहरीको भनाइ छ।

तस्वीर नियोजित रूपमा सार्वजनिक गरिएको भन्दै प्रहरीले समिति नै गठन गरेर छानबिन गर्न लागेको स्रोतको दाबी छ। दिउँसो सरकारका गृहमन्त्री रमेश लेखकले पनि फोटोबारे गहिरो अनुसन्धान गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १० : १४ बजे

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै