घरजग्गा कारोबारको शिथिलता सरकारले हटाउँछ : उपप्रधानमन्त्री « Khabarhub

घरजग्गा कारोबारको शिथिलता सरकारले हटाउँछ : उपप्रधानमन्त्री


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकासमन्त्री प्रकाशमान सिंहले घरजग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन् ।

शहरी विकास मन्त्रालय सिंहदरबारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समा समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझदै मन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

कार्यदलको प्रतिवेदनमा भएका सुझावलाई मन्त्रालयको तर्फबाट कार्यान्वयनमा लाने मन्त्री सिंहले बताए ।

उनले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुत्याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नितिहरु बनाउँदा थप ध्यान दिने बताए ।

सरकार, निजी क्षेत्रको अन्तरक्रिया तथा व्यक्तिगत रुपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्दत पुग्ने उनले विश्वास जनाए ।

मध्यम र निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेटन् मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ छ ।

शहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले जग्गा,आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याएर सुधारसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको हो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : ५५ बजे

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका

मोहम्मद सलाह टर्की पुग्दा समर्थकको भव्य स्वागत, ट्राब्जोनस्पोरमा अनुबन्ध हुँदै

काठमाडौँ – इजिप्टका स्टार फुटबलर मोहम्मद सलाह टर्किस सुपर लिग

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको