नागरिक उड्डयन प्राधिकरणले माग्यो ६८ जना कर्मचारी « Khabarhub

नागरिक उड्डयन प्राधिकरणले माग्यो ६८ जना कर्मचारी


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवामा कर्मचारी माग गरेको छ ।

प्राधिकरणले प्राविधिक समूहअन्तर्गत एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका लागि ३८ जना कर्मचारी माग गरेको छ ।

यस्तै, प्राविधिक समूहअन्तर्गत एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि ३० जना कर्मचारी माग गरेको छ ।

एयर ट्राफिक सर्भिसेसको सातौं तहको वरिष्ठ अधिकृत पदका लागि विज्ञान वा सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरेको र मान्यता प्राप्त संस्थाबाट कम्तिमा ६ महिनाको आधारभूत एयर ट्राफिक सर्भिसेज तालिम प्राप्त गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

एभिएशन फायर सर्भिसेसको चौथो तह (सहायक) पदका लागि भने एसएलसी वा सो सरहको सैक्षिक योग्यता हासिल गरेको र अग्नि नियन्त्रणसम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।

सातौं तहका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र चौथो तहका लागि १८ वर्ष पूरा भइ ३५ वर्ष (महिलाको हकमा ४० वर्ष ननाघेको) नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  १ : १८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक