देउवाको गृहप्रदेशमा कोइरालालाई बाजागाजासहित स्वागत « Khabarhub

देउवाको गृहप्रदेशमा कोइरालालाई बाजागाजासहित स्वागत


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आशन्न १५औँ महाधिवेशनमा सभापति पदमा फेरि उम्मेदवारी दिने तयारीमा जुटेका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगेका छन् ।

गत मंसिर २२ मा आफ्नो गृहनगर विराटनगरमा पार्टीको कोशी प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेश भेला बहिष्कार गरेका नेता कोइराला शुक्रबार आफूनिकट केही नेताहरूका साथ कैलालीको धनगढी पुगेका हुन् ।

कांग्रेसको कोशी प्रदेश कार्यसमितिले प्रदेश भेला आयोजना गर्नुअघि उनी विराटनगर महानगरपालिका कार्यसमितिको संयोजनमा आयोजित कोशी प्रदेशको पालिकास्तरीय सभापतिहरूको भेलामा सहभागी भएका थिए । उक्त भेलालाई कांग्रेसको संस्थापन पक्षले रोक्न खोजेको थियो ।

कोशी प्रदेशअन्तगर्तका पालिका सभापतिहरूको भेला राखेर विराटनगरमा गरिएको शक्ति प्रदर्शनपछि कोइराला सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरेर धनगढी पुगेका हुन् । उनलाई धनगढी विमानस्थलमा कांग्रेस कार्यकर्ताहरूले बाजागाजासहित लामो लाइन लागेर भव्य स्वागत गरेका छन् ।

नेता कोइरालाले शुक्रबार प्रदेशका नौ जिल्लाका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी अहिले धनगढीको रुबस होटलमा जिल्लागत रूपमा नेता–कार्यकर्ताहरूसँग भेट गरिरहेका छन् ।

भेटघाटका लागि क्रमशः कञ्चनपुर, कैलाली, डोटी, बैतडी, बझाङ, डडेल्धुरा, अछाम, दार्चुला र बाजुराका नेता–कार्यकर्ताका लागि समय तालिका मिलाइएको छ । दिउँसो १ बजे कञ्चनपुरबाट सुरु गरेर बेलुकी साढे ५ बजे बाजुराका नेता–कार्यकर्तासँग छलफल गरेर शुक्रबारको भेटघाट कार्यक्रम सम्पन्न गर्ने गरी सचिवालयले कार्यतालिका बनाएको छ ।

नेता कोइरालाले शनिबार बिहान पार्टीका भ्रातृ संस्थाहरूसँग सामूहिक छलफल गर्ने कार्यतालिका रहेको छ । यस्तै उनले कांग्रेसका शुभेच्छुक संघ–संस्थासँग पनि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रातृ संस्थाहरूसँग शनिबार बिहान ८ बजे र शुभेच्छुक संघ–संस्थासँग बिहान साढे ८ बजेका लागि समय निर्धारण गरिएको छ ।

नेता कोइराला शनिबार नै नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको पहिलो प्रदेश अधिवेशनमा सहभागी हुनेछन् । उनलाई उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : १४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ