सहकारी ठगी : जीबीसहित १९ जनाविरुद्ध थप ४० करोड बिगोसहित पुरक अभियोग | Khabarhub Khabarhub

सहकारी ठगी : जीबीसहित १९ जनाविरुद्ध थप ४० करोड बिगोसहित पुरक अभियोग

फरार रहेका जीबीविरुद्ध एकसाथ चार मुद्दा


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा १९ जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पुरक अभियोग दर्ता गरेको छ ।

उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई(जीबी) सहित १९ जना प्रतिवादीविरुद्ध शुक्रबार पूरक अभियोग दर्ता भएको कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले बताएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा दर्ता गराएको लामिछानेले जानकारी दिए ।

‘अभियोग मागदाबीबारे सरकारी वकिलबाट पत्र प्राप्त भएको छ । सूर्यदर्शन सहकारी संस्थामा भएको ठगीबारे पहिले अभियोग लगाएइका १९ जनाविरुद्ध १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँको माग दाबी थियो’, उनले भने, ‘फेरि आज सरकारी वकिलबाट थप बिगो कायम गरी एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ सहितको पुरक अभियोग पत्र आइपुगेको छ।’

लामिछानेका अनुसार जीबीसहितका १९ जना प्रतिवादीलाई नै सहकारीको दफा थप र बिगो थप गरेर अभियोग पत्र आइपुगेको छ। उनका अनुसार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित पुरक अभियोग पत्र दर्ता भएको हो ।

पुरक अभियोग पत्रमा ४० करोड २० लाख रुपैयाँ थप भएसँगै अब यो मुद्दामा जम्मा बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ पुगेको लामिछानेले बताएका छन् ।

उनका अनुसार यस प्रकरणमा १९ प्रतिवादीमध्ये १६ जनालाई सहकारीको दफा थप र बिगो थपसहित संगठित अपराधको दफा थप गरेर अभियोग आइपुगेको छ।

‘जीबी राईको हकमा मात्र सहकारीको दफा, बिगो थप, संगठित अपराधको दफासहित सम्पत्ति शु्द्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको पुरक अभियोग आएको छ’, उनले भने, ‘रवि लामिछानेसहित अन्य नयाँ प्रतिवादीहरूको हकमा प्रतिवादी कायम भई अभियोग आउन बाँकी रहेको छ।’

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ०९ बजे

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ

तीन जना मन्त्री पुगे संसद् भवन निरीक्षणमा (तस्बिरहरू)

काठमाडौं– संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद्

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण