काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सले ६ ओभरमा पहिलो विकेट गुमाएको छ ।
सुदूरपश्चिम रोयल्सले दिएको लक्ष्य पच्छ्याउने क्रममा छैठौं ओभरको अन्तिम बलमा जनकपुरले आशिफ शेख गुमाएको हो ।
उनलाई सुदूरपश्चिमका सैफ जइबले ब्रान्डन म्याकमुल्लेनमार्फत क्याचआउट गरेका हुन् । आशिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।
कीर्तिपुर मैदानमा टस हारेर जनकपुर जवाफी ब्याटिङमा उत्रिएको हो ।
प्रतिक्रिया