अमेरिकाले हुती विद्रोहीको अखडामा गर्‍यो हवाई आक्रमण « Khabarhub

अमेरिकाले हुती विद्रोहीको अखडामा गर्‍यो हवाई आक्रमण


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

साना- अमेरिकी सेनाले यमनको राजधानी सनास्थित हुती विद्रोहीको अखडामा हवाई हमला गरेको छ ।

अमेरिकाले हवाई हमला गरेका अखडामध्ये हुतीले कमान्ड सुविधा दिने र मिसाइल राख्ने स्थान रहेका छन् ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार लाल सागरमा हुती विद्रोहीका कयौँ ड्रोन र एक एन्टी-सिप क्रुज मिसाइललाई पनि खसालिएको छ।

अमेरिकाले यो हमला इजरायलमा हुती विद्रोहीको हमलापछि गरेको हो । हुती विद्रोहीले शनिशार इजरायलको तेल अभिभमा एक ब्यालिस्टिक मिसाइलबाट हमला गरेको थियो । जसमा दर्जनभन्दा धेरै मानिस घाइते भएका थिए ।

हुती इरान समर्थित विद्रोही समूह हो । जसको यमनको उत्तर-पश्चिम इलाकामा पकड छ ।

अक्टोबर २०२३ मा गाजामा युद्धको शुरुवातपछि हुतीले इजयराल र अन्तरराष्ट्रिय मालवाहक जहाजमा हमला थालेको थियो । हुती विद्रोहीले आफूहरू प्यालेस्टाइनको पक्षमा लडिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १२ : ०५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक