अमेरिकाले हुती विद्रोहीको अखडामा गर्‍यो हवाई आक्रमण « Khabarhub

अमेरिकाले हुती विद्रोहीको अखडामा गर्‍यो हवाई आक्रमण


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

साना- अमेरिकी सेनाले यमनको राजधानी सनास्थित हुती विद्रोहीको अखडामा हवाई हमला गरेको छ ।

अमेरिकाले हवाई हमला गरेका अखडामध्ये हुतीले कमान्ड सुविधा दिने र मिसाइल राख्ने स्थान रहेका छन् ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार लाल सागरमा हुती विद्रोहीका कयौँ ड्रोन र एक एन्टी-सिप क्रुज मिसाइललाई पनि खसालिएको छ।

अमेरिकाले यो हमला इजरायलमा हुती विद्रोहीको हमलापछि गरेको हो । हुती विद्रोहीले शनिशार इजरायलको तेल अभिभमा एक ब्यालिस्टिक मिसाइलबाट हमला गरेको थियो । जसमा दर्जनभन्दा धेरै मानिस घाइते भएका थिए ।

हुती इरान समर्थित विद्रोही समूह हो । जसको यमनको उत्तर-पश्चिम इलाकामा पकड छ ।

अक्टोबर २०२३ मा गाजामा युद्धको शुरुवातपछि हुतीले इजयराल र अन्तरराष्ट्रिय मालवाहक जहाजमा हमला थालेको थियो । हुती विद्रोहीले आफूहरू प्यालेस्टाइनको पक्षमा लडिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १२ : ०५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि