अर्थसंक्षेप : सिंहदरबारले रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव, पाँच महिनामा झन्डै ६ खर्बको आयात | Khabarhub Khabarhub

अर्थसंक्षेप : सिंहदरबारले रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव, पाँच महिनामा झन्डै ६ खर्बको आयात


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिनामा झण्डै ६ खर्बको वस्तु आयात भएको छ । राष्ट्रिय योजना आयोगले मङ्सिर २८ गते एक सूचना जारी गर्दै ‘अर्को सूचना जारी नभएसम्म प्रस्ताव आह्वान स्थगित गरिएको जनाएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ । त्यस्तै, साताको पहिलो दिन नेप्से परिसूचक घटेको छ ।

आजका आर्थिक समाचारहरू :

पाँच महिनामा झन्डै ६ खर्बको आयात

गत आर्थिक वर्षको तुलनामा नेपालको वैदेशिक व्यापार बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकले गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा नेपालको वैदेशिक व्यापार ४.२१ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालको नेपालमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको भएको छ । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ ।

विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए। सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिएका छन् ।

सिंहदरबारले किन रोक्यो समपूरक र विशेष अनुदान प्रस्ताव ?

नेपालको संविधानमै गरिएको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहले सङ्घबाट चार प्रकारका अनुदान पाउँछन्‌– समानीकरण, समपूरक, विशेष र सशर्त ! यी मध्ये समपूरक र विशेष अनुदानले दुई तहका सरकार सञ्‍चालनमा विशेष अर्थ राख्छ ।

निश्चित आयोजना र विकास कार्यक्रम अघि बढाउन सरकारले समपूरक अनुदान दिने गर्छ । विशेष अनुदान चाहिँ विशेष क्षेत्रहरूमा विशेष कार्यक्रम सञ्चालन गर्न दिइन्छ । विशेष क्षेत्र, कार्यक्रम र आयोजना अघि बढाउन सङ्घीय सरकारले यस्तो अनुदान दिने गरेको छ ।

शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो

आइतबार शेयर बजार घट्दा लो क्याप कम्पनीमा पहिरो गएको छ । शेयर बजार साढे १३ अंकले घट्दा लो क्याप मानिएको विकास बैंक, फाइनान्स र ट्रेडिङ समूह बढी घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५३ अंकले घटेर परिसूचक २५८३.२९ विन्दुमा पुगेको छ । आज नेप्से ०.५२ प्रतिशतले घट्दा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको ९१ लाख ८० हजार ७१८ कित्ता शेयर कारोबार भएको छ ।

आज ८४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आइतबार प्रि–ओपन सेसनमा ९ अंकले घटेर सूरु भएको शेयर बजार खुलेको केही समयमा हरियाली देखिएको थियो । तर बजार बन्द हुँदा भने बजारमा गिरावट आयो ।

पेट्रोल इन्जिन सवारी साधनको आयात बढ्यो

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम सवारी साधनको आयातमा वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा एक हजार देखि १५ सय सीसी क्षमता भएका १ अर्ब ७२ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको १४ सय ३७ वटा सवारी साधन आयात भएको हो । जुन संख्या गत आर्थिक वर्षको तुलनामा ९१ वटाले बढी हो ।

एनटीसीका शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश

सरकार समेतको लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम-एनटीसी)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ ।

शनिबार बसेको कम्पनी सञ्‍चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । पुस २८ मा बस्ने कम्पनीको साधारण सभाले अर्थ मन्त्रालयको स्वीकृतिमा प्रस्तावित लाभांश पारित गर्नेछ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : २१ बजे

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि

काठमाडौं– चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसङ्गत भएन : सांसद बस्नेत

काठमाडौं–  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर

‘सङ्घीयताबाट माओवादी पनि पछि हटेजस्तो छ’

काठमाडौँ – नेपालको संविधान ०७२ जारी भएपछि भएका दुईवटा आवधिक

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पहिरो खस्दा