रविको सांसद पद निलम्बन पत्रबारे खनाल भन्छन् : सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्यो « Khabarhub

रविको सांसद पद निलम्बन पत्रबारे खनाल भन्छन् : सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्यो


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सभापति रवि लामिछानेविरुद्ध अदालतमा रिट दर्ता हुने बित्तिकै सांसद पद निलम्बनका लागि प्रहरीले नियतवश पत्र पठाएको प्रतिक्रिया दिएका छन् ।

लामिछानेविरुद्ध रिट दर्ता भएको केही घण्टाभित्रै सांसद पद खाली हुनाले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको खनालले बताए ।

‘यदि कानुनले दिन्थ्यो भने भोलि पनि समय थियो । तत्कालै गरिहाल्नुपर्ने त्यस्तो बाध्यता नै के थियो र ? सभापति लामिछाने ४ बजेसम्म अदालतमै उपस्थित हुनुहुन्थ्यो,’ खनालले खबरहबसँग भने, ‘म समेत आज पोखरा भएको कारण सभापति ४ बजेसम्म सरकारी वकिल र न्यायाधीशहरूसँगै हुनुहुन्थ्यो । तर ४ बजे पछाडि नै लगत्तै पत्र आइसकेको छ । यता यसो हेर्दा पनि नियत बस जस्तै देखियो नि ।’

सांसद पद निलम्बत हुन पूर्वपक्षका लागि थुनामा बस्नुपर्ने खनालको दाबी छ । उनले भने, ‘प्रतिनिधिसभा नियवाली २०७५ को दफा २४८ को उपदफा ३ मा सांसद पद निलम्बत हुन पूर्वपक्षका लागि थुनामा बस्नुपर्ने हुन्छ। लामिछाने अहिले न्यायिक हिरासतमै भएका कारण निलम्बन गर्न मिल्ने थियो थिएन हामी पनि यसबारे अध्ययन गरिरहेका छौं । उहाँ निलम्ब नै हुने अवस्था थियो भने भोलि पनि त समय थियो नि तातै खाउँ जली मरुँ भन्या जस्तो भयो। ’

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १० : ०४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको